धादिङ, ७ जेठ । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाका प्रमुख विनोद तिमिल्सिनामाथि एमालेका कार्यकर्ताले सांघातिक आक्रमण गरेका छन् । आक्रमणबाट तिमल्सिनासहित सात जना घाइते भएका छन् ।
विजय जुलुसबाट फर्किरहेका बेला बाटो छेकेर बसेका एमालेका कार्यकर्ताहरूले घेरा हालेर आक्रमण गरेको घाइतेहरूले बताएका छन् । घाइतेहरूलाई उपचारका लागि सदरमुकाम धादिङबेसी ल्याइएको छ ।
एमाले कार्यकर्ताको आक्रमणबाट घाइते हुनेमा विनोद तिमल्सिनाकी श्रीमती गीता तिमल्सिना, यामनाथ दनै, नरेन्द्र भट्ट, दामोदर भट्टलगायत रहेका छन् ।
कांग्रेस धादिङका सचिवसमेत रहेका तिमिल्सिना एमाले उम्मेदवार रामप्रसाद अधिकारीलाई २४ मत अन्तरले पछि पार्दै ज्वालामुखी गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।














प्रतिक्रिया