२९ आश्विन २०८३, बिहिबार

ब्राजिलियाली राष्ट्रपति टिमरलाई सत्ता त्याग्न दवाब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रियो दि जेनेरियो (ब्राजिल), ७ जेठ । ब्राजिलका राष्ट्रपति मिसेल टिमरलाई सघाउँदै आएका सत्ता गठबन्धनका सदस्यहरुले भ्रष्टाचार प्रकरण छानबिन प्रक्रिया उहाँको कारण अवरुद्ध भएको भन्दै सत्ताबाट हटिदिन आग्रह गरेका स्थानीय टेलिभिजन नेटवर्क ग्लोवोन्यूजले जनाएको छ ।

टिमरका सहयोगीले दलका नेताहरुले राष्ट्रपतिको सेवा टिकाइराख्न समस्या देखिएको बताउँदै पदत्याग गर्नुले देशको सङ्क्रमणलाई समाधान गर्न सघाउने बताएका हुन् ।

ब्राजिलको पत्रिका ‘ओ ग्लोवो’ले बुधबार राष्ट्रपति टिमरले मासु कम्पनीका जोस्ली बाटिस्टालाई घुस प्रकरणमा सघाएको प्रसङ्ग रेकर्ड भएको बताउँदै मुद्दामा छानबिन गर्न सघाउन उहाँले राजीनामा दिनु राम्रो हुने जनाएको थियो । बाटिस्टा एक व्यवसायीका साथै पूर्व शक्तिशाली नेता पनि हुनुहुन्छ ।

टिमरले आफूले वाटिस्टालाई कुनै पनि अवस्थामा उक्त प्रकरणमा नसघाएको जनाउँदै आउनुभएको छ । राष्ट्रपतिले बाटिस्टालाई आफ्नो सहयोगीका रुपमा कुनालाई राख्ने सहमति नगरेको बताउँदै आफूलाई फसाउने षडयन्त्र हुन लागेको टिमरको दाबी छ ।

कुनालाई भ्रष्टाचार अवैध सम्पत्ति आर्जन र राजस्व छली मुद्दामा १५ वर्ष चार महिनाको जेल सजाय तोकिएको छ ।

यसबाहेक ४० मिनेट लामो रेकर्डमा वाटिस्टाले न्यायाधीश र अभियोजकलाई घुसबापत दिएने रकमका लागी वार्गेनिङ गर्ने प्रसङ्गमा टिमर पनि मुछिएको बताइएको छ ।

टिमरले बिहीबार पत्रकार सम्मेलन गरी आफूले पदबाट राजीनामा नदिने बताउँदै आफूलाई जोडी गलत काम गरेको र यसैका कारण राजीनामा दिन लागेको भन्ने हल्ला निराधार रहेको बताउनुभएको थियो । – सिन्ह्वा