२९ आश्विन २०८३, बिहिबार

उत्तरी चीनमा दुईसय पचास किलोग्राम लागुऔषध जफत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

तियायुआन (चीन), ७ जेठ । चीनको उत्तरी क्षेत्रमा रहेको साङ्सी प्रान्तबाट सुरक्षा जाँचका क्रममा २५७ किलोग्राम लागुऔषध जफत गरेको स्थानीय प्रहरीले शनिबार जनाएको छ ।

सुथर भएका एक व्यक्तिले लागुऔषधको कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनलाई लिनफेन सहरमा आपूर्ति गर्न तयारी अवस्थामा राखेको उक्त सामान पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले मार्चको सुरुदेखि नै पिछा गरिरहेको थियो ।

सुको घरबाट अप्रिलमा ७७ किलोग्राम र मेमा १८० किलोग्राम लागुऔषध नियन्त्रणमा लिएको हो ।

यस घटनामा संलग्न सुबाहेक अन्य चारजनालाई पनि हिरासतमा लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । – सिन्ह्वा