२१ कार्तिक २०८३, शनिबार

यस्तो छ नुवाकोटको अपडेटः कहाँ, कस्ले जित्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, ६ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटमा रहेका बाह्रवटै स्थानीय तहमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएको छ ।

निर्वाचनको परिणाम आउन बाँकी रहेको बेलकोटगढी नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्ररमण खनाल निर्वाचित हुनुभएको छ ।

प्रमुखमा एमालेका उम्मेदवार राजेन्द्ररमण खनाल छ हजार ६४३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जगतबहादुर गुरुङले छ हजार ३५१ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा माओवादी केन्द्रका कविता ढुङ्गाना छ हजार ६६६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रूपा सापकोटाले छ हजार ४६० मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत शङ्करराज पाठकले जानकारी दिनुभयो ।

बेलकोटगढी नगरपालिकामा १० वडामा एमाले, दुई वडामा माओवादी केन्द्र र एक वडामा काँग्रेस उम्मेदवार विजयी भएका छन् । नुवाकोटको सात स्थानीय तहको प्रमुखमा नेपाली काँग्रेस, तीन स्थानीय तहको प्रमुखमा एमाले र दुई स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित हुनुभएको छ ।

बाह्रवटा स्थानीय तह रहेको नुवाकोटमा यसअघि विदुर नगरपालिका र तार्केश्वर गाउँपालिकामा एमालेका उम्मेदवार प्रमुख र उपप्रमुख पदमा निर्वाचित भएका थिए ।

यस्तै, मेघाङ, किस्पाङ, सूर्यगढी, लिखु, तादी, दुप्चेश्वर र शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

लिखु गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भए पनि बाँकी छ स्थानीय तहमा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

यस्तै, ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । पञ्चकन्या गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।