म्याग्दी, ४ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका डमबहादुर पुन विजयी हुनुुभएको छ ।
कांग्रेसका तर्फबाट गाउँपालिका प्रमुखका उम्मेदवार बनेका पुनले तीनहजार ३२० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का नारायण पुनले तीन हजार १२७ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा नेकाकी केशमाया मगरले तीन हजार २४५ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँको प्रतिस्पर्धी एमालेकी दुर्गादेवी पाइजाले तीन हजार १८६ मत पाउनुभएको थियो ।
जम्मा १० हजार ५१९ जना मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा सात हजार २२ मत खसेको थियो । अन्नपूर्ण गाउँपालिकाको आठमध्ये चारवटामा नेका, तीन वटामा एमाले र एक वटामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले वडाध्यक्षमा निर्वाचित भएका छन् । रासस












प्रतिक्रिया