२१ कार्तिक २०८३, शनिबार

एमाले–माओवादी तालमेलको वडीगाडमा प्रमुखमा एमाले, उपप्रमुख कांग्रेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, ४ जेठ । बागलुङको वडीगाड गाउँपालिकाको प्रमुखमा एमालेका मेहरसिंह पाईजा ५०२० मत सहित विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गण्डकी थापा अधिकारीले ४३१९ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा नेपाली कांग्रेसका अम्मरबहादुर श्रीस ४२९५ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजीव घिमिरेले २०५९ मत प्राप्त गर्नुभएको छ ।

वडीगाडको प्रमुख तथा उपप्रमुखमा एमाले र माओवादी केन्द्रको तालमेल थियो । वडीगाड गाउँपालिकामा ५ वटा वडामा एमाले, ३ वटा वडा कांग्रेस, १ वटा वडामा जनमोर्चा र १ वटा वडा माओवादी केन्द्रले विजयी हासिल गरेको छ ।