भक्तपुर, ३ जेठ । कक्षा ११ को परीक्षा असार ८ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षाको नयाँ मिति तय गरेको हो ।
यसअघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा पहिलो चरणको निर्वाचनको समयमै परेपछि असार १ गते बाट गर्ने गरी सारिएको थियो । तर जेठ ३१ गते दोश्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयले सारिएको मिति फेरि परिवर्तन गरिएको हो ।
‘देशको विशेष परिस्थितीका कारण मिति परिवर्तन गर्नु परेको हो, तोकिएको मितिमा सफलतापूर्वक परीक्षा सम्पन्न गर्न बोर्ड तयार छ,’ परीक्षा नियन्त्रक डम्बर कुमार बतासले भने ।
थप विवरण हेर्न यो लिंकमा क्लिक गर्नुस्ः
https://drive.google.com/file/d/0B6J4h-LS7qThcl9QYUR2dEJ0dVE/view
नयाँ मितिको रुटिन:














प्रतिक्रिया