२१ कार्तिक २०८३, शनिबार

विजय जुलुस मनाउने क्रममा कांग्रेस कार्यकर्ताको ज्यान गयो

12k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, ३ जेठ । सल्यानमा चुनावको विजयी जुलुस मनाउने क्रममा एक युवकको ज्यान गएको छ ।

त्रिवेणी गाउँ पालिकाका अन्दाजी २४ बर्षीय खिम बहादुर खत्रीको नेपाली काङ्ग्रेसको बिजय जुलुस मनाउदै गर्दा ज्यान गएको हो ।

लुहाम बजार काभ्रा रोडमा दिउँसो २ बजेतिर बाटोमा बेहोस भएर लडेका खत्रीलाई अस्पताल पुर्याउदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।