काठमाडौं, ३ जेठ । प्रधान सेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड अन्तर्गत यूएसएआरपीएसीका कमाण्डिङ जनरल गेन रोबेर्ट बी ब्रोनको औपचारिक निमन्त्रणामा ४ सदस्यीय भ्रमण दलसहित आज थाई एयरवेजको विमानमार्फत औपचारिक भ्रमणको लागि अमेरिका प्रस्थान गर्नु भएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधान सेनापति क्षत्रीलार्ई बलाधिकृत रथी बलदेवराज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभयो ।

यसअघि प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे । उक्त अवसरमा नेपाली सेनाका रथीबृन्द लगायत नेपालस्थित आवासीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो ।













प्रतिक्रिया