२१ कार्तिक २०८३, शनिबार

सप्तरी घटनाका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख राहत बितरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । सप्तरीको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचजनालाई सरकारले सहिद घोषणा गरेको छ ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आज बिहान सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा सो घटनामा मृत्यु भएका पाँचै जनालाई सहिद घोषणा गरिएको जानकारी गराउनु भएको हो ।

२०७३ फागुन २३ गते एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको कार्यक्रमका क्रममा कार्यक्रमस्थल नजिक प्रहरीसंगको झडपमा गोली लागि पाँचजनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागि सप्तरी मलेठका सन्जन मेहता, पीताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । आजै गृहमन्त्री निधिले सहिद परिवारलाई प्रति परिवार रु. १० लाखका दरले राहतस्वरुप रकम हस्तान्तरण गर्नुभयो ।

मन्त्री निधिले मलेठ घटनाको छानबिन गर्न पुनरावेदन अदालतका पूर्वमुख्य न्यायधीश अली अकबर मिकरानीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय आयोग गठन गरिएको जानकारी दिनुभयो । साथै, उक्त आयोगले काम थालेको एक महिनाभित्र प्रतिवेदन बुझाउने पनि मन्त्री निधिले बताउनुभयो ।