२१ कार्तिक २०८३, शनिबार

सल्यानमा एमाले–कांग्रेसको बराबर मतः गोलाप्रथाबाट कांग्रेसले जित्यो वडाध्यक्ष

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, २ वैशाख । ढोरचौर गाउँपालिकाको ४ वडा अध्यक्षमा एमाले र कांग्रेसले बराबर मत ल्याएपछि गोलाप्रथा हुँदा कांग्रेस उमेद्वारले जित हात पारेका छन् ।

कांग्रेसका उमेद्वार दिनेश विएम र एमालेका देवेन्द्र रोका दुवैले ३ सय २१ मत ल्याएपछि गोलाप्रथा भएको थियो । गोलाप्रथामा भने कांग्रेसका दिनेश विजयी भएका छन्। उक्त वडामा अन्यसदस्यहरु भने सबै एमाले उम्मेदवारले जितेका छन्।

उक्त गाउँपालिकाको अध्यक्षमा भने एमालेका चित्रबहादुर चलाउने विजयी भएका छन्। निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका नरविर चलाउनेलाई चित्रबहादुरले ३ सय ८७ मतले पराजित गर्दै जित हात पारेका छन्। उनले १ हजार ९ सय २५ मत प्राप्त गरेका छन्। माओवादीका नरविरले भने १ हजार ५ सय ३५ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा पनि एमालेकै पुष्पा बोहराले जित हात पारेकी छन्। उनले १ हजार ९ सय ४६ मत पाएकी छन्।