
पर्वत, २ जेठ । पर्वतको कुष्मा नगरपािलका वडा नम्बर १ पाङको वडा अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । काँग्रेसको गढ मानिएको पाङमा एमालेका देबेन्द्र सुवेदी ४६ मत अन्तरले विजयी भएका हुन् । पाङमा एमालेले एक हजार १९ र काँग्रेसले नौ सय ७२ मत प्राप्त गरेको छ ।
वडाअध्यक्षमा एमालेले जिते पनि मेयरमा मेयरमा काँग्रेसका रामचन्द्र जोशी एमालेभन्दा पाँच सय नौ मतले अगाडि छन् । उनले एक हजार दुई सय ५२ मत र उपमेयर सिता काफ्ले लामिछानेले एक हजार एक सय ९३ मत पाएका छन् ।
यस्तै, यस वडाबाट एमालेका मेयर मेघनाथ सुबेदीले सात सय ४३ र उपमेयर पदका उम्मेदवार मुगा पोखरेलले सात सय ५२ मत प्राप्त गरेका छन्।












प्रतिक्रिया