२१ कार्तिक २०८३, शनिबार

सैनिक जवानले रगत दिएर वृद्धको ज्यान बचाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, २ जेठ । कञ्चनपुरको भीमदत्तनगरस्थित सिंहसार्दुल गुल्मका एक सैनिक जवानले घरको दुई तला माथिबाट लडेर गम्भीर घाइते भएका वृद्धको ज्यान बचाएका छन् ।

भीमदत्तनगरपालिका–१२ ऐरीका ५१ बर्षिय दौलतसिंह खत्री दुई दिनअघि घरको छतबाट लडेर गम्भीर घाइते भइ हाल भारतको खटिमामा उपचार गराइरहेका छन । उहाँलाई २ पाउण्ड एबी पोजेटिभ रगत आवश्यक परेको थियो । उनलाई सिंहसार्दुल गुल्मका सैनिक जवान नरेशराज पाण्डेय र एमिटि कलेजका विद्यार्थी सुर्वण कुवँरले एक/एक पाउण्ड रगत दिएर सहयोग गरेको घाइतेका आफन्त जगदीशसिंह विष्टले बताए ।

‘रगत नपाएर निकै सास्ती थियो ।’ उनले भने– ‘सेनाले हाम्रो आग्रहलाई स्वीकार गरेर परोपकारी काम ग¥यो ।’ उनले खुट्टा लगायत शरीरका विभिन्न भागमा चोट लागेका घाइते खत्रीको मंगलबार अप्रेसन भएको बताए ।