
काठमाडौँ, २ जेठ । नेकपा एमालेले स्थायी समितिको बैठक बोलाएको छ ।
बुधबार (जेठ ३ गते) दिउँसो १२ बजे उपाध्यक्ष बामदेव गौतम भैंसेपाटीस्थित निजी निवासमा बस्ने गरी बैठक बोलाइएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा स्थानीय निकाय निर्वाचन, सरकारका गतिविधि लगायतका विषयमा छलफल हुने बताइएको छ ।












प्रतिक्रिया