२१ कार्तिक २०८३, शनिबार

काठमाडौंको तारकेश्वर–१ मा एमाले विजयी, मेयरमा पनि एमालेकै अग्रता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । तारकेश्वर नगरपालिका– १ मा वडाध्यक्षसहित नेकपा (एमाले) विजयी भएको छ ।

एमालेका विदुर सापकोटाले ८३९ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशमान सिंह कुँवरले ६७७ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । नेकपा(माओवादी केन्द्र)का भरत भट्टले २८५ मत प्राप्त गर्नुभएको थियो । नगरका निर्वाचन अधिकृत निर्मला योङ्याका अनुसार नगरपालिकाका वडा नं २ र वडा नं ३ को मतगणना जारी छ ।

त्यसैगरी नगरपालिका प्रमुखमा एमालेका रामेश्वर बोहोराले ७८७, काँग्रेसका श्रीराम थापाले ६६६, माओवादी केन्द्रका धनलाल महर्जनले ३०२, राप्रपाका राजकुमार खड्काले ५३ र नयाँ शक्ति पार्टीका वासुदेव फुयाँलले १० मत प्राप्त गर्नुभएको छ । रासस