२१ कार्तिक २०८३, शनिबार

धौलागिरि–१ मा माओवादी केन्द्र र २ मा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाबियाचौर (म्याग्दी), २ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिकाका दुई वटा वडाको मतगणना सकिएको छ ।

धौलागिरि १ गुर्जामा नेकपा माओवादी केन्द्रका उम्मेदवार झकबहादुर छन्त्यालले २५४ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी काँग्रेसका समबहादुर छन्त्यालले १५९ मत ल्याउनुभएको छ ।

माओवादी केन्द्रकी सीताकुमारी छन्त्यालले महिला सदस्यमा (२९८), दलित महिला सदस्यमा ज्ञानदेवी विक (२५२), अन्य सदस्यमा तारामान विक (२२९) र राप्रपाका सुकमाया छन्त्यालले २६६ मत ल्याएर विजयी हुनुभएको हो । गुर्जामा ६७२ जना मतदाता रहेकामा ४६४ जनाले मतदान गरेका थिए ।

यसैगरी धौलागिरि गाउँपालिका–२ लुलाङमा नेकपा (एमाले)का गमप्रसाद विकले २९४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । सो वडाको महिला सदस्यमा यसअघि नै एमालेकी सुवादेवी पुर्जा निर्विरोध हुनुभएको थियो ।

दलित महिला सदस्यमा एमालेका ललिसरा विक र सदस्यमा एमालेका मोतीप्रसाद पाइजा निर्वाचित हुनुभएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका जङ्गबहादुर विश्वकर्माले १३४ मत ल्याउनुभएको छ ।

नौ सय ३६ मतदाता रहेको लुलाङमा ६०३ जनाले मतदान गरेका थिए । वडा नं १ र २ को मतगणना हुँदा धौलागिरि गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रिमप्रकाश थापाले ४२८, एमालेका थमसरा पुनले ३७४, उपाध्यक्षमा काँग्रेसका डम्मर भण्डारीले ३१२ र एमालेका रेशम छन्त्यालले ४१२ मत प्राप्त गर्नुभएको छ । रासस