
लमजुङ, ४ जेठ । लमजुङको बेसीशहर नगरपालिकामा एमालेले मेयर र उपमेयरमा अग्रता लिएको छ ।
पत्रकार दलबहादुर मजाकोटीका अनुसार, मेयरमा नेपाली काँग्रेसका उम्मेदवार भेषबहादुर पौडेल भन्दा नेकपा एमालेका गुमानसिंह अर्यालले करिब २०० मतले अगाडि छन् । यसैगरी, उपमेयरमा पनि एमालेकी लक्ष्मी अधिकारी काँग्रेसकी इन्दिरा तिवारी भन्दा करिब ६ सय मतले अगाडि रहेको उनले जानकारी दिए ।
नेपाली काँग्रेसले ५ वटा, एमालेले चार वटा र माओवादीले एउटा वडा जितेको छ । बेसीशहर नगरपालिका १ वडामा नेपाली काँग्रेसका बलराम श्रेष्ठ विजयी भएका छन् । वडा नम्बर २ मा काँग्रेसका उम्मदेवार गणेश कँडेल, चारमा लाल गुरुङ र पाँचमा बमबहादुर गुरुङ विजयी भएका छन् ।
यस्तै, वडा नम्बर ३ मा एमाले माओवादीको संयुक्त प्यानलबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार सूर्यकुमार श्रेष्ठ वडाअध्यक्षमा विजयी भएका छन् ।
वडा नम्बर ६ मा एमालेका भोजबहादुर रिमाल, ७ मा गोबिन्द बस्नेत, ८ मा पवित्रा थापामगर र ९ मा शरद बराल विजयी भएका छन् ।
वडा नम्बर १० मा नेपाली काँग्रेसका अर्जुन थापा विजयी भएका छन् । वडा नम्बर ११ चिती गणना गर्न बाँकी छ । चिती निर्णायक हुने देखिएको छ ।












प्रतिक्रिया