
लमजुङ, २ जेठ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा एमाले-माओवादी गठबन्धनले अग्रता लिइरहेको छ ।
गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार अर्जुन गुरुङ १६०३ मत ल्याई अग्र स्थानमा छन् भने उनको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार नरबहादुर गुरुङले १००० मत ल्याए । उपाध्यक्षमा एमाले-माओवादीको सयुक्त प्यानलबाट उम्मेदवार बनेका माओवादी केन्द्रका होमबहादुर विक १६६६ मतका साथ दोब्बरले नै अघि छन् । उनको प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार दुधकाशी तामाङको ८७१ मत छ ।
त्यस्तै संघीय समाजवादी फोरम नेपालको उम्मेदवार बिना गुरुङको २० मत छ । यो १ देखी ३ वडाको मतगणना सम्मन्न हुँदासम्मको ताजा जानकारी हो ।












प्रतिक्रिया