पोखरा, २ जेठ । पोखरा–लेखनाथ महानगरपालिकाको वडा नम्बर १ मा एमालेका वडाध्यक्षसहितको प्यानल विजयी भएको छ ।
एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार शारदा पराजुलीले १ हजार १ सय १३ मतसहित विजयी हासिल गरेका हुन् । पराजुलीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टंकप्रसाद शर्माले ७ सय ९६ मत प्राप्त गरेका थिए ।
महिला सदस्यमा एमालेकी प्रेमकुमारी शाही, दलित महिला सदस्यमा प्रेमदेवी परियार तथा खुल्ला सदस्यमा रुद्रप्रसाद सुबेदी र सहारा प्रधान बिजयी भएका छन् ।












प्रतिक्रिया