२१ कार्तिक २०८३, शनिबार

अन्तिम परिणाम आउन एक साता लाग्छ : आयोग

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । निर्वाचन आयोगले महानगर, उपमहानगर र नगरपालिकाको मत गणनाको अन्तिम नतिजा आउन कम्तिमा एक साता लाग्ने जनाएको छ ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले मंगलबार बिहान प्रतिक्रिया दिँदै धेरै उम्मेदवार भएको र चुनाव चिन्ह धेरै रहेका कारण मतगणनामा कठिनाइ भएको स्वीकार गरे ।

‘धेरै उम्मेदवार भएका कारण मतपत्र ठूलो हुन पुग्यो’, उनले भने, ‘एकसाताभित्र सबै मत परिणाम सार्वजनिक गर्ने तयारीमा छौँ ।
मत गणना अन्त्यन्तै ढिलाइ भएका विषयमा आयोगको आलोचना भइ रहँदा आयोगका सचिव मैनालीले आफूहरूका कारण मत गणनामा ढिलाइ नभएको दाबी गरे । उनले उम्मेदवार र प्राविधिक कारणले मत गणनामा समस्या भएको बताए ।

आज मंगलबारदेखि धेरै मतदाता रहेको महानगर, उपमहानगर र नगरपालिकाहरूमा धेरै समूह बनाएर मत गणना गर्ने आयोगका सचिव मैनालीले बताए । ‘उम्मेदवारहरूसँगको सल्लाह र सुझाव अनुसार मत गणनालाई छिटो छरितो बनाउन आजदेखि विशेष व्यवस्था गर्ने भनेका छौँ ।’

मतपत्र धेरै बदर भएकोमा सचिव मैनालीले मतदाता शिक्षामा कमी भएको स्वीकार गरे । उनले भने, ‘केही कमिकमजोरी भएको छ । मतदाता शिक्षा सोँच अनुसार गर्न नसकिएका कारण मत धेरै बदर हुन पगेका छन् ।’