– मिना बुढाथोकी
सल्यान, १ जेठ । सल्यान जिल्लाका १०वटा स्थानको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार माओवादी केन्द्रले ६ वटा वडा, नेपाली काँग्रेसले ३ वडा र नेकपा एमालेले १ वटा वडामा जित दर्ता गरेका छन् ।
माआवादी केन्द्रले कपुरकोट गाउँपालिकाको वडा नम्वर १ मा वालाराम खड्काको नेतृत्वमा पुरै टिम, ढोरचौर गाउँ पालिका १ मा राम बहादुर बस्नेतको नेतृत्वमा पुरै टिम, ढोरचौर गाउँपालिका २ मा रुद्र बहादुर बुढाथोकीको नेतृत्वमा पुरै टिम, दार्मा गाउँपालिका ५ मा दुर्गा मल्लको नेतृत्वमा पुरै टिम र दार्मा गाउपालिका ६ मा राम बहादुर केसीको नेतृत्वमा माओवादी केन्द्रका पुरै प्यानल विजयी भएका छन् । यस्तै माओवादीले वागचौर नगरपालिका १२ मा वडा अध्यक्षमा दिपक वली सहित पुरै प्यालनले विजय हासिल गरेको छ । शारदा नगरपालिका १ बाट नेकपा एमालेको पुरै प्यानल विजयी भएको छ । एमालेका नवराज बुढाथोकी वडा अध्यक्ष सहित पुरै एमालेको प्यानल विजयी भएको हो ।
यस्तै नेपाली काँग्रेसले वागचौर नगरपालिका १ मा नेत्र प्रसाद डाँगी सहित पुरै प्यानलमा विजय हासिल गरेको छ । क्षत्रेश्वरीमा गाउ पालिकामा काग्रेसका नेव बहादर शाह सहित पुरै प्यानल विजयस् भएको छ भने कालीमाटी रामपुर ७ मा पनि नेपाली कांग्रेसका नयन सिं रानाको पुरै प्यानल विजयी भएको छ ।
जिल्लाका आज सोमबार मतगणना भइरहेका ९ गाउँ र नगरपालिका मध्ये एमालेले ४ स्थानमा माओवादी केन्द्रले तिन स्थानमा र नेपाली काँग्रेसले दुई स्थानमा अगुवाइ गरेका छन् । एमालेले ढोरचौर गाउँपालिका, शारदा नगरपालिका, त्रिवेणी गाउपालिका र कुपिण्डे बनगाड गाउँपालिकामा अग्रता लिएको छ ।
यस्तै माओवादी केन्द्रले वागचौर नगरपालिका र दार्मा गाउँपालिकामा अग्रता लिएको छ । यस्तै नेपाली काँग्रेसले छत्रेश्वरी गाउँपालिका र कालिमाटी गाउँपालिकामा अग्रता लिएको छ ।
प्राप्त मत परिणाम यस प्रकार छः
शारदा नगरपालिका
नेपाली काँग्रेस, प्रमुख –सुरेश अधिकारी ३४४ उपप्रमुख –साबित्रा बस्नेत घर्ति ३४५
नेकपा एमाले, प्रमुखः राम कुमार खड्की ४२५ उपप्रमुखः सरिता हमाल मल्ल ४७०
नेकपा माओवादी केन्द्र अध्यक्षः प्रमोद कुमार श्रेष्ठ १९० उपाध्यक्षः झरणा वुढाथोकी१८१
राप्रपा, अध्यक्षः मनोज कुमार प्रधान २१८
वागचौर नगरपालिका
नेपाली काँग्रेस, प्रमुख –गोरख बहादुर खत्री ६२९ उपप्रमुख –मेनका चन्द ५५०
नेकपा एमाले, प्रमुखः लोक बहादुर डागी ४१९ उपप्रमुखः ओका कुमारि खत्री ४६६
नेकपा माओवादी केन्द्र अध्यक्षः लोकमान बुढाथोकी ७५५ उपाध्यक्षः कल्पना पुन ७७५
वनगाड कुपिन्डे नगरपालिका
नेपाली काँग्रेस –तालमेल उपप्रमुख – दिपेन्द्र बिष्ट २५८
नेकपा एमाले प्रमुखः गोविन्द कुमार पुन २२५ उप प्रमुखः तालमेल
नेकपा माओवादी केन्द्र अध्यक्षः कर्णवहादुर वुढाथोकी ११८ उपाध्यक्षः मञ्जु यरी ११६
ढोरचौर गाउपालिका
नेपाली काँग्रेस अध्यक्षः नरबिर चलाउने ६१७ उपाध्यक्षः बिमला रेउले ५६८
नेकपा एमाले अध्यक्षः चित्र बहादुर चलाउने ९२१ उपाध्यक्षः पुष्पा वोहोरा ९३१
नेकपा माओवादी केन्द्र अध्यक्षः नरविर चलाऊने ८६५ उपाध्यक्षः भूमि वुढाथोकी ९१९
दार्मा गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्षः रामचन्द्र के.सी.८५९ उपाध्यक्षः तालमेल
नेकपा एमाले, अध्यक्षः तालमेल उपाध्यक्षः दल बहादुर केसी ८०१
नेकपा माओवादी केन्द्र अध्यक्षः निम बहादुर केसी १२८५ उपाध्यक्षः टिका शर्मा वली १२६९
त्रिबेणी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष ः मान बहादुर डाँगी ४४२ उपाध्यक्षः करुणा खड्का ४५९
नेकपा एमाले, अध्यक्ष ः लोकेन्द्र सिंह खड्का ४५३ उपाध्यक्षः पवित्रा केसी ४४५
नेकपा माओवादी केन्द्र अध्यक्षः अजय रोका २३० उपाध्यक्षः लिलावती वुढा २२४
राप्रपा अध्यक्षः मंगलु पुन८४
कपुरकोट गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्षः दुर्गा गिरी ८२ उपाध्यक्षः ओकी महतरा ७४
नेकपा एमाले अध्यक्षः भिम बहादुर सेन ४९४ उपाध्यक्षः तिला बुढा मगर ४९६
नेकपा माओवादी केन्द्र अध्यक्षः प्रकाश भरारी ५७८ उपाध्यक्षः एलिना राना ५९४
कालिमाटी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्षः भरत पुन ३३६ उपाध्यक्षः कमला अधिकारी २८१
नेकपा एमाले अध्यक्षः दान बहादुर खत्री केसी १९१ उपाध्यक्षः सहनशिलता ओलि डाँगी २०८
नेकपा माओवादी केन्द्र अध्यक्षः पुरुषोत्तम भट्टराई १९५ उपाअध्यक्षः प्रिती डिसी विसि २१०
छत्रेश्वरी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्षः सन्तोष के.सी.२८७ उपाध्यक्षः सिता के.सी. १७४
नेकपा एमाले अध्यक्षः ओज बहादुर बुढाथोकी २१४ उपाध्यक्षः बुद्ध कुमारी खत्री केसी १३४
नेकपा माओवादी केन्द्र अध्यक्षः चित्र वहादुर केसी २०५ उपाध्यक्षः राधा कुमारी शर्मा घर्ति १२४













प्रतिक्रिया