२१ कार्तिक २०८३, शनिबार

बाग्लुङमा एमाले, काँग्रेस र माओवादीबीच रोचक प्रतिस्पर्धा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाग्लुङ, १ जेठ । बाग्लुङ जिल्लामा जारी मतगणनामा प्रमुख तीन दलबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।

४ नगरपालिका र ६ गाउँपालिकामा आइतबारबाट मतगणना भइरहेकोमा एमालेले अग्रता लिएको छ । बाग्लुङ र ढोरपाटन नगरपालिका तथा बडिगाड गाउँपालिकामा एमाले अघि छ । यता, तमानखोला, निशीखोला र काठेखोलामा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

ताराखोला गाउँपालिकामा भने माओवादी केन्द्र अघि छ । बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले अग्रता लिइरहेको छ ।

यता, ढोरपाटन नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका चित्र भण्डारी वडाअध्यक्षमा निर्वाचित भएका छन् भने सदस्यहरु सबै काँग्रेस उम्मेदवारहरु विजयी भएका छन्। निशीखोला गाउँपालिका वडा नम्बर १ मा भने नेपाली काँग्रेसका इन्द्रबहादुर मल्ल वडाअध्यक्षमा विजयी भएका छन्। सदस्यहरुमा उनको प्यानलले नै जितेको छ ।