२० कार्तिक २०८३, शुक्रबार

भैरहवाको समृद्धिको लागि सिद्धार्थनगरमा एमालेको जित आवश्यकः पूर्व अर्थमन्त्री पौडेल

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, १ जेठ । चौतर्फी दृष्टिले महत्वपुर्ण रुपन्देही सदरमुकाम सिद्धार्थनगर भैरहवाको समय सापेक्ष विकासको लागी आसन्न स्थानिय निर्वाचनमा एमालेको जित आवश्यक भएको पुर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका छन् ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटी सिद्धार्थनगरका संयोजक जिवलाल अर्यालको अध्यक्षतामा सम्पन्न अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेका उपमहासचिव समेत रहेका पौडेलले भैरहवा नेपालकै महत्वपुर्ण शहरको रुपमा विकास भइरहकोले त्यसको उचीत संरक्षण, संबद्र्धन र प्रबद्र्धनकोलागी सहि भिजन र मिसन भएको नेताले मेयरमा जित्नु आवश्यक भएको बताए । उनले एमालेको तर्फबाट मेयरको उमेदवार बनेका हरि प्रसाद अधिकारी र उपमेयरको उमेदवार उमा काफ्ले सहित वडा अध्यक्ष र सदस्यमा एमालेले जितेमा भैरहवा अबको केही वर्षमा नेपालकै नमुना शहर बन्ने विश्वास पनि व्यक्त गरे ।

नेता पौडेलले उपस्थित नेता कार्यकर्तालाई सम्बोधन गर्दै स्थानिय सरकार चलाउने सहि योजना एमाले संग मात्रै भएको जनाउदैं बैशाख ३१ गतेको निर्वाचन परिणामः एमालेकै पक्षमा आउने विश्वास व्यक्त गरे । पौडेलले रुपन्देहीको सदरमुकाम भैरहवामा एमालेको वर्चस्व रहकेो जनाउदैं एमाले नेतृत्वले स्थानिय नेता कार्यकर्ताको भावना विपरित गएर कहिल्यै निर्णय नगर्ने पनि जनाए । पौडेलले रुपन्देही जिल्ला एमालेको किल्ला बनाएरै लैजाने योजना स्वरुप विकास र उत्पादनसंग हरेक नेता कार्यकर्तालाई जोडेर जाने पनि जनाए ।

सो अवसरमा केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीले स्थानिय तहमा स्थानिय आवश्यक्ता अनुसार स्थानिय पार्टिले जे निर्णय गर्छ त्यहि केन्द्रले स्वीकार्ने जनाउदैं नेता कार्यकर्तालाई चुनाबमा कम्मर कसेर लाग्न आग्रह गरे । अर्का केन्द्रिय सदस्य खिमलाल भट्टराइले आसन्न स्थानिय निर्वाचनमा रुपन्देही सदरमुकाम भैरहवामा एमालेको झन्डा गाड्ने गरी चुनाबी मैदानमा होमिन उमेदवारलाई निर्देशन दिए ।

गोविन्द रेग्मीको सन्चालनमा सम्पन्न सयौं नेता कार्यकर्ता उपस्थित भेलामा ५ नम्रब एमाले प्रदेश कमिटी सचिव भुमिश्वर ढकाल, केन्द्रिय सल्लाहकार नेत्र पन्थि, पुर्व जिल्ला अध्यक्ष तथा प्रदेश कमिटी सदस्य भोजप्रसाद श्रेष्ठ, जिल्ला अध्यक्ष शिवराज सुवेदी लगायतले बोल्दै आसन्न निर्वाचनमा एमालेको जितको सुनिश्चीता हुनेगरी अगाडी बढ्न आग्रह गरेको थिए । सो अवसरमा नेताहरुले सीमित पदमा सीमित उमेदवार हुनेहुदां कोही नेता कार्यकर्ता त्यसमा नपरेमा त्यसलाई निर्वाचनको बेला असन्तुष्टिको रुपमा नलिई जो उमेदवार भएपनि त्यो एमालेको उमेदवार भएको हुँदा अत्याधिक मतले जिताउनेगरी तयारी थाल्न कार्यकर्ता समक्ष अपील समेत गरेका थिए ।

उपमहासचिव पौडेल लगायत नेताहरुले स्थानिय कार्यकर्ताको भावना विपरित गएर पार्टिले कदापी निर्णय नगर्ने जनाउदैं सिद्धार्थनगरमा एमालेले मेयर पद छाडेर कसैसंग तालमेल नगर्ने समेत प्रस्टाएका छन् । यसअघि शनिबार सम्पन्न भेलाले पनि एमालेले सिद्धार्थनगरमा मेयर छाडेर कसैसंग तालमेल नगर्ने निर्णय गरेको थियो । करिब एक महिना अगाडी नगरको मेयर, उपमेयर र वडा अध्यक्ष सहित वडाका सदस्य पदका उमेदवार गरी ६७ जना उमेदवारलाई चुनाबी मैदानमा उतारीसकेको छ ।

एमालेले सिद्धार्थनगरको मेयरमा पुर्व उपमेयर र वडा अध्यक्षको समेत जिम्मेवारी पुरा गरेका हरि प्रसाद अधिकारीलाई सर्वसम्मत उमेदवार चयन गरिसकेको छ । उनी नेकपा एमाले सिद्धार्थनगरका पुराना र अनुभबी नेता पनि हुन् । हाल जिल्ला सदस्य रहेका छन् । यसैगरी उपमेयरमा अनेमसंघ रुपन्देही अध्यक्ष उमा काफ्लेलाई उमेदवार बनाएको छ । एमाले सिद्धार्थनगरको सचिव भएर जिम्मेवारी पुरा गरीसकेकी काफ्लेको सामाजिक सम्बन्ध सिद्धार्थनगरमा प्रगाढ देखिन्छ । उनी एमाले जिल्ला सदस्य समेत हुन् ।

सिद्धार्थनगरमा कांग्रेस र माओवादी केन्द्रले अझै उमेदवारको टुंगो लगाउन सकेको छैन भने राप्रपाले सागरप्रताप राणालाई उमेदवार बनाउने निधो गरेको छ ।

एमालेले सिद्धार्थनगरमा जेठ २ गते देखी घरदैलो कार्यक्रमलाई चुनाबी अभिायानको रुपमा लाने तयारी थालेको छ । यसैबीच एमालले उपमहासचिब विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा प्रतिबद्धता पत्र सार्वजनिक समेत सार्वजनिक गरेको क्षेत्रीय इन्चार्ज तथा वडा नम्बर ७ का वडा अध्यक्षका उमेदवारका उमेदवार हितराज पन्थिले जनाए ।

स्थानिय निर्वाचनमा एमालेको बहुमत

यसैबीच नेकपा एमालेका केन्द्रिय सदस्य लिला गिरीले बैशाख ३१ गते सम्पन्न स्थानिय निर्वाचनमा एमालेको बहुमत आउने विश्वास व्यक्त गरेका छन् । सिद्धार्थनगर वडा नम्बर ७ को सम्पर्क कार्यलयको उद्घाटन गर्दै केन्द्रिय सदस्य लिला गिरीले भने “आसन्न निर्वाचनमा एमालेको जित सुनिश्चत छ । भैरहवा पुरै एमालेमय भएको छ । ७ नम्बर वडाका जनताको यो उपस्थितिले एमालेको विजयीको संकेत गरिसकेका छन् । ”

७ नम्बर वडा निर्वाचन परिचालन कमिटी संयोजक ममता माण्डबीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुस्पान्जली उपाध्यय, हरि अधिकारी, उमा काफ्ले, हितराज पन्थि, राजेन्द्र पन्थि, प्रकाशभक्त श्रेष्ठ, धुब्र अधिकारी, उमा अधिकारी, गोविन्द रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।