२१ कार्तिक २०८३, शनिबार

संविधानसभाको चुनाव लडेका एमाले नेता किन निकालिए पार्टीबाट ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १ जेठ । नेकपा (एमाले) कैलालीका पुराना नेता हरिशंकर योगी कारवाहीमा परेका छन् । योगीलाई एमाले चुरे गाउँ संगठन कमिटीले पार्टीको साधारण सदस्य नरहने गरेर कारवाही गरेको जनाएको छ ।

लामो सयदेखि एमाले पार्टीमा संलग्न हुँदै आएका योगीलाई पार्टीको हीत विरुद्ध गतिविधि गरेकाले कारवाही गरेको गाउँ संगठन कमिटी संयोजक लोकबहादुर सारुले बताए ।

उनलाई पार्टीको हीत विरुद्ध गतिविधि गरेकाले पार्टीले कारवाही गरेको नेकपा एमाले प्रदेश कमिटी कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

योगी २०६४ को संविधान सभाको चुनावमा एमालेका तर्फबाट क्षेत्र नं. ५ का उम्मेदवार थिए । सो चुनावमा योगी तेस्रो स्थानमा रहेका थिए ।