२१ कार्तिक २०८३, शनिबार

सल्यानमा एमालेले खाता खोल्यो, तीन केन्द्रमा अगाडि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, १ जेठ । सल्यानमा नेकपा एमालेले खाता खोलेको छ । जिल्लाको पहिलो नगरपालिका शारदा नगरपालिका १ को सार्बजनिक मत परिणम अनुसार एमालेका उम्मेदवार नबराज बुढाथोकीले जित हात पारेसंगै एमाले सल्यानले खाता खोलेको हो ।

जसमा एमालेका उम्मेदवार नबराज बुढाथोकीले ४ सय २१ मत ल्याएर उहाँको प्यानल नै बिजयी भएको हो । वडा अध्यक्षमा नवराज बुढाथोकी, महिला सदस्य हिमा शर्मा, दलित महिला सदस्य इन्द्रा कुमारी बिक, खुला सदस्य गणेश बुढाथोकी र शंकर प्रसाद घर्ती सहित सिँगो प्यानल नै बिजयी भएको हो । यससँगै एमाले सल्यानका नेता तथा कार्यकर्तामा खुसीयाली छाएको छ ।

कपुरकोट गाउंपालिका १ मा माओवादी केन्द्र विजयी

यसैबीच नेकपा माओवादी केन्द्रले कपुरकोट गाउंपालिका १ मा वडा अध्यक्ष सहित सबै सदस्य पदमा जीत हात पारे पछि विजयी उत्सव मनाएको छ । वडा अध्यक्ष माओवादी केन्द्रका बालाराम खड्का ४०० मत ल्याएर विजयी भएका छन् । अरु ४ वटै सदस्य पद पनि माओवादी केन्द्रले जीतेको छ । एमालेको तर्फबाट वडा नम्बर १ का अध्यक्षका उम्मेद्धार तेज बहादुर रानाले ३ सय ३० मत ल्याएका छन् भने काग्रेशका चन्द्र बहादुर घर्तीले ३२ मत ल्याएका छन् । यस वडामा काग्रेसले माओवादीलाइ समर्थन गरेको जनाइएको छ ।

मतगणना अपडेटः

१. शानपा

काँग्रेस प्रमुख शुरेस अधिकारी ३४४, उपप्रमुख सावित्रा बस्नेत ३४५
एमाले प्रमुख राम खड्की ४२५, उपप्रमुख सरिता हमाल ४७०
माओवादी केन्द्र प्रमुख प्रमोद श्रेष्ठ १९०, उपप्रमुख झरना बुढाथोकी १८१
राप्रपा प्रमुख मनोज प्रधान २१८

२. बनगाड कुपिन्डे नगरपालीका

एमाले प्रमुख, गोबिन्द कुमार पुन २००
नेकपा माओबादी केन्द्र प्रमुख कर्ण ब.बुढाथोकी ११८

३. त्रिवेणी गाउँपालिका

काँग्रेस प्रमुख मान ब डाँगी १०४, उपप्रमुख करुणा खड्का १०३
एमाले प्रमुख लोकेन्द्र सिहं खड्का ५९, उपप्रमुख पवित्रा केसी ६१
माओवादी प्रमुख अजय रोका १९, उपप्रमुख लिलावति बुढा २१

४. कपुरकोट

काँग्रेस प्रमुख दुर्गा गिरि ४७, उपप्रमुख ओकी बोहरा ४२
एमाले प्रमुख भिम ब सेन ३१०, उपप्रमुख तिला बुढा ३१४
माओवादी प्रमुख प्रकाश भरारी ३७२, उपप्रमुख एलिना राना ३८९

५. ढोरचौर गाउँपालिका

काँग्रेस प्रमुख नरविर चलाउने ३८५, उपप्रमुख विमला रेउले ३६१
एमाले प्रमुख चित्र बहादुर चलाउने ५३२, उपप्रमुख पुष्पा बोहरा ५३०
माओवादी प्रमुख नरविर चलाउने ५९४, उपप्रमुख भूमि बुढाथोकी ६१९

६. दार्मा गाउँपालिका

काँग्रेस प्रमुख रामचन्द्र केसी ६६०, उपप्रमुख एमाले दल बहादुर केसी ६३३ उपाध्यक्ष
माओवादी प्रमुख निम ब केसी १०१६, उपप्रमुख टिका वली ११३६

७. बागचौर नगरपालीका

काग्रेश प्रमुख गोरख केसी ३९२, उप प्रमुख
एमाले प्रमुख लोक बहादुर डाँगी २७९, उप प्रमुख
माओवादी केन्द्र स् प्रमुख लोकमान बुढाथोकीद ४३९, उप प्रमुख
राप्रपा टोपल केसी २

८. कालिमाटी गाउँपालीका

काग्रेश प्रमुख ( १६०, उप प्रमुख –
एमाले प्रमुख ( ९०, उप प्रमुख –
माओवादी केन्द्र प्रमुख ८५, उप प्रमुख
राप्रपा प्रमुख २८, उप प्रमुख ३०

९. छत्रेस्वरी गाउपालीका

काग्रेश प्रमुख सन्तोष केसी २१९,
एमालेका प्रमुख ओज बहादुर बुढाथोकी १५१,
माओवादी केन्द्र प्रमुख चित्र बहादुर केसी भास्कर १५४,

१०. कुमाख गाउँपालीका

यता कुमाख गाउँपालीकामा भने १ नम्बर वडाकोे चुनाब स्थगीत भएकाले सो वडामा चुनाव भएपछि मात्रै गाउँपालीको मत गनणा हुने छ भने अरु सबै वडाको मत पेटीका गाउँपालीकाको केन्द्रमा ल्याएको छ ।