२० कार्तिक २०८३, शुक्रबार

सल्यानका ७ स्थानीय तहमा मतगणना शुरु, कहाँ कसको अग्रता ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान १, जेठ । आइतवार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना शुरु भएको छ । सल्यानमा १० स्थानीय तह रहेकोमा यो समाचार तयार पार्दा सम्म एक नगरपालिका सहित ६ गाउपालिकामा मतगणना शुरु गरिएको हो ।

हाल सम्म भएको मत गणना अनुसार शारदा नगरपालिका र त्रिवेणी गाउपालिकामा नेकपा एमाले अग्र स्थानमा रहेको छ । यस्तै दार्मा , ढोरचौर र कपुरकोट गाउपालिकामा नेकपा माओवादी केन्द्र अग्रस्थानमा रहेको छ । यसै गरी कालीमाटी रामपुर र छत्रेश्वरी गाउपालिकामा नेपाली काग्रेस अग्रस्थानमा रहेको छ ।

शारदा नगरपालिका मेयरमा नेकपा एमालेका राम कुमार खड्गी १८५ मत सहित अग्रस्थानमा रहनुभएको छ भने नेपाली काग्रेसका सुरेश अधिकारी १५३, नेकपा माओवादी केन्द्रका प्रमोद श्रेष्ठ ८९, र राप्रपाका मनोज कुमार प्रधानले ८३ मत प्राप्त गर्नु भएको छ ।

यस्तै त्रिवेणी गाउपालिकामा अध्यक्षमा लोकेन्द्र सिंह खड्का १०७ मत सहित अग्रता कायम गर्नुभएको छ । नेपाली काग्रेशका मान वहादुर डाँगी ७८, नेकपा माओवादी केन्द्रका अजय रोका ६१ र राप्रपाका मंगल पुनले २८ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी कपुरकोट गाउपालिकामा अध्यक्षमा माओवादी केन्द्रका प्रकाश भण्डारीले ३ सय ७२ मत सहित अग्रता कायम गर्नुभएको छ । यसैगरी नेकपा एमालेका भिम वहादुर सेन ३ सय १०, नेपाली काग्रेसका दुर्गा गिरी ४७ र राप्रपाका करुणा गिरीले २ मत प्राप्त गर्नुभएको छ । छत्रेश्वरी गाउपालिकामा नेपाली काग्रेसका सन्तोष केसीले ३९ मत सहित अग्रता कायम गर्नु भएको छ । यसैगरी नेकपा एमालेका ओज वहादुर वुढाथोकी २१, नेकपा माओवादी केन्द्रका चित्र वहादुर केसी २५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी ढोरचौर नगरपालिकामा माओवादी केन्द्रका नरविर चलाउनेले ५ सय ९४ मत सहित अग्रता कायम गर्नुभएको छ । नेपाली काग्रेसका नरविर चलाउने ३ सय ८५ र एमालेका चित्र वहादुर चलाउने ५ सय ३२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी दार्मा गाउपालिकामा अध्यक्षमा माओवादी केन्द्रका निम वहादुर केसीले ८ सय ७८ मत सहित अग्रता कायम गर्नु भएको छ । नेपाली काग्रेसका रामचन्द्र केसीले ६ सय ६० मत प्राप्त गर्नुभएको छ ।

कपुरकोट गाउपालिका वडा नं. १ मा माओवादी केन्द्रका वालाराम खड्का विजयी हुनुभएको छ । उहाँले ४०० मत प्राप्त गरी प्यानल सहित विजय हुनुभएको हो ।

वागचौर नगरपालिका र कुपिण्डे वनगाड नगरपालिकामा पनि मत गणनाको तयारी गरेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।