
लमजुङ, १ जेठ । लमजुङको बेशीसहर नगरपालिकाको मेयरमा नेकपा एमालेले अग्रता लिएको छ । ४ सय मत गणना भइसक्दा एमालेका उम्मेदवारले २०१ मत प्राप्त गरेका छन् भने कांग्रेसकाले १८८ मत ।
त्यस्तै, उपमेयरमा एमाले १८० र कांग्रेस १७९ छ ।
लमजुङकै राइनास नगरपालिकाको मेयरमा ३० मतसहित एमाले अगाडि छ भने कांग्रेसले २५ मत पाएर उसलाई पछ्याइरहेको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका रुद्रमान गुरुङ विजयी भएका छन् । गाउँपालिकाको प्रमुखमा एमालेका अर्जुन गुरुङले ३०३ र काँग्रेसका नरबहादुर गुरुङ ८४ मत पाएका छन् । यसैगरी, उपप्रमुखमा माओवादी केन्द्रका होमबहादुर विकले २८० मत पाएका छन् भने उपप्रमुखमा राप्रपाकी दूधकाशी तामाङ ६४ मत पाएकी छिन् ।
लमजुङकै दोर्दी गाउँपालिका १ को वडाअध्यक्षमा कांग्रेसका दरजंग गुरुङ बिजयी भएका छन् । गाउँपालिकाको प्रमुखमा कांग्रेसका बिच्छबहादुर घलेले ७०९ र माओवादी केन्द्रका ओमबहादुर गुरुङ २९२ मत पाएका छन् । यसैगरी, उपप्रमुखमा एमालेका दिलबहादुर घलेले ३१२ मत र उपप्रमुखमा कांग्रेसकी निशा लामाले ६९८ पाएकी छिन् ।












प्रतिक्रिया