२० कार्तिक २०८३, शुक्रबार

काठमाडौं महानगरको मतगणना सुरु हुँदै, ११ समूहमा विभाजन गरियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना अबको केही बेरमा सुरु हुँदैछ ।

काठमाडौं महानगरपालिकाका निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार ११ समूहमा विभाजन गरेर गणना गर्ने सर्बदलीय बैठकले निर्णय गरेको छ ।

मतगणना भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुनेछ ।

काठमाडौंको मेयरका लागि कांग्रेसबाट राजुराज जोशी, एमालेबाट विद्यासुन्दर शाक्य र माओवादी केन्द्रबाट सर्वाेत्तम डंगोल, संघीय समाजवादी–नयाँ शक्तिबाट पवित्र बज्राचार्य, साझा पार्टीबाट पूर्वसचिव किशोर थापा र विवेकशील दलबाट रञ्जु दर्शना मैदानमा छन् ।