पोखरा, १ जेठ । मनाङ जिल्लाको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित सबै वडामा बिजय हासिल गरेको छ ।
एमालेका कान्छा घलेले ६२७ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद गुरुङले ४६१ मत प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर विजयी भएकी छिन् । कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५०४ मत प्राप्त गरेकी छिन् ।












प्रतिक्रिया