सप्तरी, ३० वैशाख । राष्ट्रिय जनता पार्टी नेपालकी नेतृ शोभा देवलगायतका दर्जनौं कार्यकर्ता नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् ।
शुक्रवार सप्तरीको राजविराजमा भएको एक कार्यक्रममा शोभा देव नयाँ शक्तिमा प्रवेश गरेकी हुन् । उनीसँगै राजपाकै ममता देव, सरिता देव, रञ्जना देव गीता देव, रामकुमार यादब लगायतका कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेका छन् ।
नेतृ देव राजपा गठन अगाडि शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय समाजवादी पार्टीमा केन्द्रीय सदस्य थिइन् ।
यस्तै नेपाली कांग्रेसका कृष्णप्रसाद साह पनि नयाँ शक्तिमा प्रवेश गरेका छन् ।
स्थानीय तहको निर्वाचनको समय नजिकिदै गर्दा नयाँ शक्ति सप्तरीले संगठन विस्तारमा जुटेका छन् ।
सप्तरीमा एक हप्तामै करिब हजार बढी नेता तथा कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेको केन्द्रीय परिषद सदस्य राजेश विद्रोहीले जानकारी दिए ।












प्रतिक्रिया