२० कार्तिक २०८३, शुक्रबार

चुनावको मुखैमा तानसेन नगरपालिकाका कांग्रेस उम्मेदवारको निधन, शोकमा कांग्रेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, २९ वैशाख । नेपाली कांग्रेसका तर्फबाट तानसेन नगरपालिका ४ पाल्पाको वडा अध्यक्षका उम्मेदवार ४६ वर्षीय राजेन्द्र श्रेष्ठको मृत्यु भएको छ ।

उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्षसमेत रहेका श्रेष्ठको हृदयघात भएर शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

बिहीबार मात्रै उनी वडा नम्बर ४ बाट उम्मेदवार चयन भएका थिए । कांग्रेस सभापति वीरबहादुर रानाका अनुसार कांग्रेसका जिल्ला सदस्य समेत रहेका श्रेष्ठको पार्थिव शरीर तानसेन ल्याइ दाहसंस्कार गरिएको छ ।