प्यूठान, २९ वैशाख । प्यूठानको भिंगृमा रहेको इलाका प्रहरी कार्यालयमा एक युवाले प्रहरी हिरासतमा आत्महत्या गरेका छन् ।
स्वर्गद्धारी नगरपालिका वडा नं. ५ उपल्लो सारीका भुपेन्द्र गिरीले ओड्ने–ओछ्याउने कपडाको पासो लगाइ आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमतीलाई कुटपिट गरेको भन्दै उजुरी परेपछि बिहीवार २९ वर्षीय गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
हिरासतसँगै रहेको शौचालयमा उनले शुक्रबार बिहान करिव २ बजे आत्महत्या गरेको प्यूठान प्रहरीका प्रमुख डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।
शौचालय गएका गिरी आउन ढिलो गरेपछि हेर्दा झुण्डिएको अवस्थामा फेला परेको राठौरले बताए । सिलिंगमा रहेको फलामको डण्डीमा कम्मल र तन्नाको डोरी बनाइ झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया