नवलपरासी, २९ वैशाख । नवलपरासीको बुलिंगटार गाउँपालिकाका नेकपा (एमाले) को तर्फबाट प्रमुखको उमेदवार बनेका विद्रोही गिरीमाथि आक्रमणको प्रयास भएको छ ।
सिघुवा भन्ने ठाउँमा एमालेद्वारा आयोजित चुनाबी सभालाई सम्बोधन गरेर घर फर्किदै गरेका गिरीमाथि नेपाली कांग्रेसका नारायण पाटा र नेविसंघका सुवास देवकोटाको समूहले ढुंगामुढा गरेका हुन् ।
घटनाबारे जानकारी गराउँदै एमाले नेता गिरीले भने, ‘हामीले चुनाबी सभा समापन गरेर फर्किदै थियौं । एक्कासि हामीमाथि ढुंगामुढा भयो । बल्ल तल्ल बाचियो ।’ गिरीलाई बिहीबार केही समय सुरक्षाका लागि बुलिंगटार प्रहरी चौकीमा राखिएको थियो ।
एमालेले आफ्ना उमेदवारमाथि भएको आक्रामणको बिरोध गर्दै त्यस्तो कार्य तत्काल नरोके प्रतिकारमा उत्रने चेतावनी समेत दिएको छ ।












प्रतिक्रिया