२० कार्तिक २०८३, शुक्रबार

चुनावी प्रचार सामग्री तोडमोड गरिएकोमा एमालेको आपत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ वैशाख । नेकपा (एमाले)ले आफूले चुनाव प्रचारका लागि बनाएका विभिन्न विद्युतीय प्रचार सामग्रीलाई सामाजिक सञ्जालको दुरुपयोग गरी तिनका वास्तविक प्रतिलाई भ्रामक शैलीमा तोडमोड गरिएको भनी आपत्ति जनाएको छ ।

प्रतिलिपि अधिकारको उल्लङ्घन हुने गरी व्यक्ति/संस्थाको मानमर्दन गर्न सामाजिक सञ्जालको चरम दुरुपयोग गरिएको एमालेले जनाएको छ । एमालेका सचिव योगेश भट्टराईले आज जारी गरेको विज्ञप्तिमा दोषीको पहिचान गरी आवश्यक कानुनी कारबाहीका निम्ति सरकारसँग माग गरिएको छ । रासस