२० कार्तिक २०८३, शुक्रबार

बुलिङटार गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेद्वार गिरीमाथि काँग्रेस कार्यकर्ताद्वारा ढुंगा प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी २८ बैसाख, नवलपरासीको बुलिङटार गाउँपालिका नेकपा एमालेको तर्फबट अध्यक्षका उम्मेद्वार विद्रोही गिरीलाई कांग्रेसका कार्यकर्ताहरुले ढंगा प्रहार गरेका छन् । ढुंगा प्रहारबाट गीरी घाइते भएका छन् ।

बुलिङटार ३ सिंहवामा एमालेको कार्यक्रम सकेर फर्कर्दै गर्दा गीरीलाई काँग्रेसको एक समुहले ज्यान मार्ने उद्धेश्यले आक्रमण गरेका थिए । ढुंगाले हानेर घाइते बनाएका गीरीलाई एमाले कार्यकर्ताले जोगाएर प्रहरी चौकीमा ल्याएका छन् ।

गीरीका अनुसार आफ्नो हार निश्चित भएपछि काँग्रेसी कार्यकर्ताहरु एमालेका उम्मेद्वारलाई आक्रमण र कार्यक्रम विथोल्न सुनियोजित ढंगले लागेका थिए । यसको पूर्व जानकारी पाएर प्रहरी चौकी बुलिङटार,इलाका प्रहरी कार्यलय कावासोती र आफ्ना प्रतिष्पर्धी काँग्रेसका उम्मेद्वारलाई पहिल्यै जानकारी गराए पनि सबैले वेवास्ता गरेको गीरीको भनाइ छ ।

‘अहिले म सुरक्षित छु । तर घटना सुनियोजित हो । प्रहरीलाई पूर्व सुचना दिए पनि हाम्रो कार्यक्रमलाई प्रहरीले सुरक्षा दिएन’ गीरी भन्छन् ‘हामी माथी ढुंगा प्रहर गर्ने कांग्रेस कायर्कर्ता तुरुन्त पक्राउ नगरिए हामी पनि चुप लागेर बस्दैनौ ।’

कांग्रेस कार्यकर्ता नारायण पाटा, सुवास देवकोटा र दानबहादुर बीरकट्टाले आफूमाथी ढुंगा प्रहार गरेको गीरीले बताए ।