पोखरा, २८ वैशाख । स्थानीय तह निर्वाचनमा प्रचार गर्ने अन्तिम दिन बिहीबार आफ्नो पक्षमा मत माग्न नेकपा एमालेका उम्मेदवारलाई भ्याई नम्भाई भयो । पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेबाट मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य पदमा उम्मेद्वारसहित नेता कार्यकर्ता सक्रिय रुपमा जनता समक्ष मत माग्न पुगेका थिए । विभिन्न वडाले घरदैलो, ¥याली, कोणसभा सहभागी भएका मेयर पदका उम्मेदवार मानबहादुर जिसी र उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङले बिहीबार वडा नम्बर १५, १७, २१, ३२ र ३३ नम्बर वडामा पुगेर एमालेलाई जिताउन आग्रह गरेका छन् ।
मेयर पदका उम्मेदवार मानबहादुर जिसिले एमालेले पोखरा लेखनाथलाइ समृद्धिको बाटोमा अघि बढाउन लागि पर्ने बताए । उनले मेयरमा विजयी भएपछि महानगरलाइ एसियाकै नमुन र आधुनिक अन्तर्राष्ट्रिय सहर ब नाउने घोषणा गरे । उपमेयरका उम्मेदवार मन्जुदेवी गुरुङले एमालेले ल्याएको योजनाले मात्र पोखरा समृद्धि र सुविधा सम्पन्न सहर बन्ने बताइन् ।
उक्त चुनावी सभामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले सूर्य चिह्न एमालेको मात्रै नभएर सबै आम राष्ट्रवादी नेपालीहरुको साझा चुनाब चिन्ह भएको बताए ।सबै जनतालाइ समान व्यवहार र काम गर्ने एमालेलाइ जिताउन दशैै भरिका जनता आतुर रहेको दाबी उनको छ । आम जनताको साथ र एमालेको अडानका कारण चुनाव सम्भव भएको जिकिर गरे । कार्यक्रममा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष रश्मि आचार्य लगायतले एमालेका उम्मेदवारले जिते मात्र सनताको सेवक भएर काम गर्दे हुदाँ सूर्य चिह्कमा मतदान गर्न आग्रह गरेका थिए ।
घरदैलो तथा चुनावी सभामा वडा नम्बर १५ का अध्यक्षको उम्मेदवार प्रकाश पौडेल, १७ का तीर्थ अधिकारी, २१ का खगराज आचार्य, ३२ का खमबहादुर पून र ३३ शिवप्रसाद आचार्यले जनताको साथ लिएर वडाको विकासमा लागि पर्ने प्रतिबद्धा व्यक्त गरेका थिए ।
उम्मेद्वारसँगै चुनावी सभा तथा घरदैलोमा एमालेका नेताहरू सोमनाथ अधिकारी प्यासी, गणेश तिमिल्सेना, तुलबहादुर गुरुङ, जगत विश्वकर्मा, रवीन्द्र अधिकारी, सीता गिरी ओली, चूडामणि जंगली, खगराज अधिकारी, कृष्ण थापा, श्रीनाथ बराल, राजीव पहारी लगायत सहभागी छन् । चर्चित दोहोरी गायक प्रजापति पराजुलीसहित तारापति सुवेदी, जीवन दाहाल, कृष्ण भण्डारी, लक्ष्मी नेपाली, श्रीराम अधिकारी, जमुना देवकोटा, पवित्रा गुरुङ, नारायण सुनार र ओम गुरुङले गीतमार्फत् एमालेलाई मतदान गर्न आव्हान गरेका थिए ।













प्रतिक्रिया