लमजुङ, २८ बैशाख । आगामी बैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनका क्रममा जिल्लाका तीन स्थानबाट ५ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
करिब २० बर्षपछि हुन लागेको स्थानिय तहको निर्वाचनका लागी नेकपा एमाले र माओवादी केन्द्रबीच सहकार्य गरी अघि बढेका दुई दलका ५ उम्मेदवारहरु विजयी भएका हुन् । नेकपा एमालेको तर्फबाट मस्र्याङदी गाउँपालिका वडा नम्बर ८ भुलभुलेमा कृष्णकुमारी गुरुङ महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी छिन् । सोही पदका लागी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी मनकाशी गुरुङको उम्मेदवारी खारेज भएपछि कृष्णकुमारी निर्विरोध भएकी हुन् । मनकाशी गुरुङ अतिरिक्त हुलाक कार्यालय भुलभुलेमा कार्यरत कर्मचारी भएको उजुरी परेपछि उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ६ बाहुनडाँडामा एमालेबाटै महिला सदस्यमा डिलकुमारी थापा निर्विरोध निर्वाचित भएकी छन् । नेपाली कांग्रेसको तर्फबाट सोही पदका लागी उम्मेदवारी दिएकी मैतमायाँ गुरुङले उम्मेदवारी फिर्ता लिएपछि थापा निर्विरोध निर्वाचित भइन् ।
त्यस्तै क्लोँलासोँथर गाउँपालिका वडा नं. ४ भुजुङमा पनि नेकपा एमालेबाट दलित महिला सदस्यमा जालु दमै निर्विरोध निर्वाचित भइन् । सोही वडामा नेकपा एमालेबाट उम्मेदवारी दिएकी अर्को खुल्ला सदस्यमा पनि निर्विरोध हुन सफल भएको छ । खुल्ला दुई चाहिनेमा एमालेबाट दुई जनाको उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसको तर्फबाट एकजनाले उम्मेदवारी दिएको छ । कागें्रसको तर्फबाट उम्मेदवारी परेको अर्को एक सदस्यको योग्यता नपुगेपछि उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै दुधपोखरी गाउँपालिका वडा नं. ४ इलमपोखरीमा माओवादी केन्द्रबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी सुनिता विक निर्विरोध भएकी छन् । यस जिल्लामा ४ जना एमालेको तर्फबाट उम्मेदवार दलित महिला सहित ४ जना निर्विरोध भएकाले पनि सबै तह पदमा एमाले विजयी हुने बढी सम्भावना भएको बताएका छन् ।













प्रतिक्रिया