२० कार्तिक २०८३, शुक्रबार

बर्दगोरीयामा अत्याधिक मतले चुनाव जित्न एमालले खटायो युवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

– लक्ष्मीप्रसाद जैशी

बौनिया, २८ वैशाख । नेकपा एमाले बर्दगोरीया गाउँपालिकाले आसन्न स्थानीय तहको निर्वाचन लाई लक्षीत गर्दै युवा परिचालन गर्ने भएको छ ।

युवा संघ नेपालकोे केन्द्रीय निर्णय एबंम गाउ पालिका प्रचारप्रसार समितिको चुनावी रणनीतीका साथ एक बुथ ५१ युवा परिचालन गर्ने भएको हो ।

विहीबार युवा संघ नेपाल बर्दगोरीया गाउ पालिका संयोजक राजेन्द्र रावलको अध्यक्ष एबं्म नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा गाउ पालिका संयोजक दिल बहादुर विकको उपस्थितीमा सो निर्णय भएको हो ।

बैठकले राजेन्द्र रावलको संयोजकत्वमा ५१ सदस्यि निर्वाचनमा युवा परिचालन मुल कमिटि समेत गठन गरेको छ । जस्को सह संयोजकत्व रामचन्द्र कठरीया रहेका छन । यस्तै बैठकले एमाले लाई अत्याधिक मतले विजय गराउन पार्टिका सबै जनवर्गीय कमिटी, भातृ संगठन, महिला कमिटी,ज्येष्ठ नागरीक कमीटी लगाएत लाई परिचालन गर्ने निर्णय भएको संयोजक दिल बहादुर विकले बताउनु ।

साथै निर्वाचनमा अखील नेपाल महिला संंघ बर्दगोरीया गाउ पालिकाले पार्टि लाई जिताउन महिलाहरु परिचालन गर्ने भएको छ । आजै पार्टि कार्यालय सडकपुर बौनियामा बसेको संघको बैठकले निर्णय सहीत प्रत्येक घर, टोल र वडामा महिलाहरु परिचालन गर्ने निर्णय गरेको विमला बजगाईले बतईन ।

यसैगरी नेकपा एमाले दैलेख जिल्लाको दुल्लु नगरपालिका साना गाउ,धामी गाउ, काला गाउ लगाएतका ठाउमा घरदैलो अभियान लाई तिब्र पारेका छ ।