२० कार्तिक २०८३, शुक्रबार

चुनावको सन्दर्भमा बुबालाई चिठ्ठी !

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पुजनीय पिता
दण्डवत्

आराम छु र आराम चाहन्छु । विशेष उल्लेखनीय खबर त त्यस्तो केही छैन । हिजो हजुरसँग फोनमा कुराकानी हुँदा यसपटकको स्थानीय चुनावमा कुन चाहिँ राजनैतिक दललाई मत दिने होला भनी जिज्ञासा राख्नु भएको थियो, फोनमा सबै कुरा सम्भव नभएकाले यो चिठी कोर्दै छु । बुबा यो चुनाब हुनुपर्ने समय भन्दा १५ वर्ष पछि हुँदैछ । माओवादी द्वन्द्व र नेपाली काङ्ग्रेसका शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा जनप्रतिनिधि मुलक संस्था सहितको प्रजातन्त्र तत्कालीन राजा समक्ष दरबारमा सुम्पिएकाले लामो समयसम्म स्थानीय जनता जनप्रतिनिधि विहीन हुन पुगेका हुन् । सही दललाई स्पष्ट बहुमतका साथ सरकारमा पठाउन नसक्दाको परिणाम सिंगो राष्ट्र र समाजले यस्तो नियति भोग्दै छ । जनताको पक्षमा काम गर्ने अल्पमतको सरकारलाई विभिन्न जालझेल र तिकडमले लघारिहाल्छन्, हजुरबुबाले मौका चुके, जुग बिते भनेको अहिले सम्झँदै छु ।
सोझोे अर्थमा चुनाब दल र प्रतिनिधि छान्ने बेला त हो नै त्यो भन्दा बढी जनताले आफ्नो भाग्य र भविष्यको आफै फैसला गर्ने सुनौलो अवसर पनि रहेछ । सम्झी हेरौं त अधिकांश समय शासन भार सम्हालेको नेपाली काङ्ग्रेसको असक्षमता एवम् माओवादीको हिंसाले राष्टलाई कति दलदलमा फसायो । हामी निर्वाचनमा पटकपटक चुकिसकेका छौँ, यसपाली पनि चुक्यौँ भने, तपाईंको पुस्ता त त्यत्तिकै गयो गयो, हाम्रो भविष्य पनि उत्तिकै डामाडोल हुनेछ । त्यसैले आत्मनिर्भरता र परनिर्भरताको यो चुनावी लडाईमा तपाईंले स्वाधीनता पक्षधरलाई रोज्नु हुनेछ भन्ने आशा लिएको छु ।

प्रजातन्त्रको एउटा सौन्दर्य हो आवधिक निर्वाचन र आवधिक निर्वाचन गराउनुको अर्थ हो, राजनैतिक दलले निर्वाह गरेको भूमिकाका आधारमा सही पार्टीलाई सरकारमा पुर्याउनु । चुनावताका बाँडिने गुलिया आश्वासन र पैसाको पछि नलाग्नु होला र अरुलाई पनि सम्झाउनुहोला । दुर सञ्चारका टावर र गाविस भवन भत्काउनेहरु फ्रि वाइफाइ र गाउँगाउँमा सिँह दरबार भन्दै टोलसमाज छिरेका छन् । चुनाव पछि गाउँमा मुख नदेखाउने कहिले विदेश त कहिले स्वदेशका तारे होटलमा रमाउनेहरु गर्मीमा रुखको ओझेल पर्दै चिल्ला कुरा गर्न थालेका छन् । उनीहरुलाई चिन्ता मात्र केबल चुनावको छ राष्ट्रको भविष्यको छैन । न उनीहरुमा राष्ट्र निर्माण र समाज विकासको कुनै भिजन छ न त मिसन नै छ ।
प्रसङ्ग बदलौँ, जनयुद्धमा लोग्ने मारिएपछि तल्लाघर भाउजुको अवस्था कति कष्टकर भएको थियो है? नेकपा एमालेको सरकारले शुरु गरेको सामाजिक सुरक्षा भत्ताले उहाँहरुजस्तालाई केही भने पनि राहत मिलेको छ । हजुर आमा त जतिपटक घर गए नि एमालेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई बारबार सम्झिरहनु हुन्छ । अँ, अस्ति यता काका भेट हुनु भएको थियो, सन्चै हुनुन्च, नेकपा एमाले नेतृत्वको सरकारले तलब र ग्रेड ह्वात्तै बढाइदिएपछि बल्ल सहरमा उभिन सकिने भइयो भन्दै हुनुहुन्थ्यो । साँच्चै एमाले र उसको भातृ संगठन युवा संघको टोली पछि भुकम्पले भत्काएको विद्यालय बनाउन त कोही पनि आएका छैनन् होला है ।

आमा पनि सन्चै हुनुहुन्छ नि? जब मुखबाट ‘आमा’ भन्ने शब्द फुस्कन्छ तब ‘जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी’ भन्ने भनाइ सम्झन्छु । अनि यही श्लोकले राष्ट्रियताका पक्षधर केपी ओलीको सरकार र उनले राष्ट्रियतको पक्षमा लिएको चट्टानी अडानको याद दिलाउँछ । अनायश, मनमनै सलाम भन्न मन लाग्छ ।

हुन त छिमेकी ठूल्दाइले हेप्न पनि कति सम्म हेपेका त नि, नुन देखि सुनसम्म, सामान्य मोटरसाइकल देखि करोडौँ पर्ने लाखौँ गाडी एकलौटी उनकै देशबाट किनिदिनु पर्ने रे तर तिनै गाडीको इन्धन डिजेल र पेट्रोल हामीले किन्छु भन्दा पनि दिन्न अरे । हार्दा यसै हार भइहाल्यो, जिते पनि नेपालीले नजित्ने लडाइँ हाम्रा दाइभाइले कास्मिरमा लडि दिनुपर्ने तर उनैका सन्तानका लागि तरकारीमा राख्ने नुन पनि रोकिदिने । यस्तो अन्याय पनि सहन गर्नु पर्दो रहेछ, सरकार कमजोर भए पछि । हो भूगोलका हिसाबले देश सानो हुन सक्ला, तर के स्वाभिमान पनि सानो र ठूलो हुन्छ? के स्वतन्त्रता सबैलाई प्रीतिकर लाग्दैन? अरु त अरु हामीहरुका खानी खन्न पनि उनैबाट अनुमति लिनुपर्ने रे । के स्वतन्त्र राष्ट्र र त्यहाँका स्वतन्त्र नागरिकका लागि यस्तो कुरा सह्य र सम्भव छ? अब चुप लागेर बस्ने हैन, नेपालमा कति खानी छन् खनिएकै छैनन्, कति गाथा छन् भनिएकै छैनन्, ती नखनिएका खानी आफ्नै सुरले खन्ने हो, नभनिएका ती गाथा आफ्नै तालले भन्ने हो । त्यसैका लागि हो, स्वाभिमानी सरकार चाहिएको बाबा । बाबा, हामीलाई अरु पार्टीहरुले जस्तो भारतसँग सुरुङ युद्ध लड्नु छैन। हामीलाई पराराष्ट्रमा राष्ट्रिय समनीति चाहिएको छ । केबल राष्ट्र र राष्ट्रियताप्रति गर्वबोध गर्दै स्वाभिमानी भएर जिउने आधार चाहियो वश, पुग्यो ।

तपाईंले खाईनखाई दुई चार अक्षर चिनाइदिनु भो, ती अक्षरले विवेक भरे अनि बल्ल पो था भो के ठिक के बेठिक भन्ने कुरा । के न्याय र के अन्याय भन्ने कुरा । अपार कृतज्ञ छु आमा बाको योगदानप्रति ।

हस्त बाबा मेरो परीक्षा पनि नजिक आउँदैछ र त्यो भन्दा बढी सिङ्गो राष्ट नै झन् ठूलो परीक्षामा छ । आशा छ, देश यो परीक्षामा सजिलै उत्तीर्ण हुनेछ । नौ ‘स’ एवम् ‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने नीति एमालेले लिए पछि आजकल त गाउँमै गाडी पुग्छ क्यारे, पर्सि त म पनि चुनावका लागि घर आइपुग्छु, बसेर भलाकुसारी गरौँला । यहाँ अर्थात सहराँ सबै साथीहरु, पिटे पनि आमै जाती, पोले पनि घामै जाती भन्चन्, हजुरले पनि सूर्य चिन्ह नबिर्सनु होला । अरुलाई पनि त्यही ज्ञान दिलाउनुहोस् ।
अहिलेलाई बिदा ।

आज्ञाकारी छोरो
प्रकाश अधिकारी