२० कार्तिक २०८३, शुक्रबार

सर्वहारा कम्युनिष्ट पार्टीले निर्वाचनमा एमालेलाई सघाउने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ वैशाख । नेपाल सर्वहारा कम्युनिष्ट पार्टी माओवादीले स्थानीय निर्वाचनमा नेकपा (एमाले) लाई सघाउने निर्णय सार्वजनिक गरेको छ ।

सो पार्टीका अध्यक्ष भावना विद्रोहीले पार्टीले राष्ट्रियता, स्वाधिनता र देशभक्ति अडानका आधारमा एमालेको निति सहि भएको जनाउदै एमाले स्थायी कमिटीका सदस्य शंकर पोखरेललाई सो एकवद्धताको पत्र आज हस्तातरण गर्नु भयो ।

विगतमा साम्राज्यवाद र विस्तारवादका बिरुद्ध सवै राष्टवादी वाम पाटीहरु मिलेर लड्दै आएकोले अब पनि स्थानीय निकायको निर्वाचनमा मिलेर जानु पर्नेमा त्यस्तो नभएकामा दुःख व्यक्त गदै नेकपा माओवादी केन्द्रले विदेशी शक्ति सामु आत्मस सर्मपण गरि जनयुद्धको भावना माथि कुठाराघात गरेको ठहर गरेको छ ।

अध्यक्ष विद्रोही सशत्र युद्धकालमा कोचिला क्षेत्रको क्षेत्रीय व्युरो सदस्य हुनुहुन्थ्यो । र सो पार्टीमा असतुष्ट भई सर्वहारा पार्टी खोल्नु भएको हो ।
नेता पोखरेलले पत्र ग्रहण गदै राष्ट्रिय र समृद्धका पक्षमा एमालेले लिएको अडानलाई उचित समयमा आत्मसाथ गरेकामा विद्रोही आभार व्यक्त गर्नु भयो । रासस