लहान, २८ वैशाख । सिरहाको लहानमा रहेको सगरमाथा अञ्चल यातायात कार्यालयमा बम विष्फोट भएको छ ।
अज्ञात समूहले कार्यालयको सौचालयमा राखेको बम विष्फोट भएको प्रहरीले जनाएको छ । बम विष्फोटले कार्यालयको झ्यालका शिशा फुटेका छन् । कार्यालयको सुरक्षामा प्रहरी परिचालन गरिएको छ ।
लहानका डिएसपी हिरा पाण्डेले बम कसले र किन राख्यो भन्ने नखुलेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
सेवाग्राहीको चाप हुने यातायात कार्यालयभित्रै बम बिष्फोट भएपछि कर्मचारी र सेवाग्राही आतंकित भएका छन् ।












प्रतिक्रिया