२० कार्तिक २०८३, शुक्रबार

ललितपुरको लाकुरीभञ्ज्याङमा चुरेभावरका उम्मेदवार ‘बलिया’

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २८ वैशाख । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाको वडा नम्बर १० मा चुरेभावर राष्ट्रिय एकता पार्टीका उम्मेदवारहरू अन्य दलका उम्मेदवारभन्दा बलियो अवस्थामा देखिएका छन् ।

वडा नम्बर १० मा नेपाली कांग्रेस, एमाले, माओवादी, नेपाल फोरम लोकतान्त्रिक पार्टी, नयाँशक्ति पार्टी नेपालले आ–आफ्नो तर्फबाट उम्मेदवार उठाएका छन् । ती दलबाट उम्मेदवार बनाइएकाहरूभन्दा चुरेभावर पार्टीका उम्मेदवार स्थानीयस्तरमा चर्चित रहेको वडा अध्यक्षका उम्मेदवार सुकुमान तामाङले बताए ।

तर, चुरेभावर पार्टीका युवा नेता सुकुमान तामाङ लाकुरीभञ्ज्याङ क्षेत्रमा लोकप्रिय रहेको स्थानीयले बताएका छन् । तामाङ चुरेभावर पार्टीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । तामाङ समुदायको बस्ती रहेको लाकुरीभञ्ज्याङमा सात सय मतदाता छन् ।
सुकुमान तामाङको टिममा सदस्यहरूमा राजु (तामाङ) लामा, सञ्चमाया तामाङ र माया तामाङले उम्मेदवारी दिएका छन् ।

लाकुरीभञ्ज्याङमा चुरेभावर पार्टीको पकड देखेपछि कांग्रेस र माओवादी केन्द्रले तालमेलका लागि प्रस्तावसमेत पठाएका छन् । सुकुमान तामाङका अनुसार आफूहरू कसैसँग तालमेल गर्ने पक्षमा नरहेको बताए ।

चुरेभावर पार्टीले बुधबार लाकुरीभञ्ज्याङदेखि मानेभञ्ज्याङसम्म घरदैलो कार्यक्रम गरेको थियो । चुरेभावर पार्टीका केन्द्रीय अध्यक्ष बद्रीप्रसाद न्यौपानेसहितका नेताहरूको उपस्थितिमा घरदैलो कार्यक्रम सम्पन्न गरेको वडा नम्बर १० का वडा अध्यक्षका उम्मेदावर तामाङले बताए ।

चुरेभावर पार्टीले आफ्नो पकड रहेको वडा नं. १० मा वडा अध्यक्ष र तीन सदस्य मात्रै उम्मेदवार बनाएको छ । सो पार्टीले महालक्ष्मी नगरपालिकामा मेयर र उपमेयरमा उम्मेदवारी दिएको छैन ।