२० कार्तिक २०८३, शुक्रबार

पाँचथर कांग्रेसमा प्रवेशको लहर, चुनावी अभियान तीव्र

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण ओझा

पाँचथर, २७ वैशाख । पाँचथर कांग्रेसले गाउपालिकाहरुमा चुनावी अभियानलाइ तिब्र बनाएको छ ।

बुधबार भएको याङरक गाउपालिकामा आमसभा गरेको छ । आमसभामा बिभिन्न पार्टीबाट नेकामा प्रवेश गरेका छन ।

साविक ओयाम गाउँपालिकाबाट एमाले परित्याग गरी हेमन्त राई, साजन राई, चन्द्र राई लगायत १६ घर परिवार, त्यस्तै वडा नं २ बाट रमेश सेलिङ, धन बहादूर सेलिङ लगायत ७ घर परिवार, ३ वडा नं बाट राम कूमार सेलिङ कांग्रेस पार्टी प्रवेश गरेका छन् ।

माओवादी बाट र ७ नं वडा बाट दिल बहादूर न्यौपाने, तेजेन्द्र नूगो, निरोज सेलिङ लगायत ५ घर परिवार गरी २६ घरपरिवारका १५० बढी कार्यकर्ता प्रवेश गरेका हून ।

नव प्रवेसिहरुलाई यूवा नेता जिल्ला सभापति नरेन्द्र कूमार केरुङले खदा र अभिरले स्वागत गरेका थिए ।

अन्य पार्टीहरुले पनी निर्वाचन गाउगाउमा तिब्र बनाएका छन । पाँचथरमा हेका पार्टीहरु बिच निर्वाचनमा तालमेल हुने तयारीमा रहेको केहि पार्टीका नेताले जनाएका छन ।