२० कार्तिक २०८३, शुक्रबार

चुनावमा माओवादी उम्मेदवार जिताउन वाइसीएल सक्रिय, कृष्णपुरमा ६१ सदस्यीय कमिटी गठन

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २७ वैशाख । स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार जिताउन नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपाल सक्रिय भएको छ ।

यसैक्रममा मंगलबार शुक्लाफाँटा नगरपालिका कमिटी गठन गरेको बाईसीएल कञ्चनपुरले बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ६१ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।

वाईसियलको कृष्णपुर नगर सम्मेलनबाट धनबहादुर ठकुल्लाको नेतृत्वमा निर्माण भएको नगर कमिटीमा बिनोद कुँवर उपाध्यक्ष चुनिएका छन् । त्यसैगरी सचिवमा राम बहादुर राना, कोषाध्यक्षमा पर्बी चौधरी, सह सचिवमा पंकज चौधरीसहित सदस्यहरु रहेका छन् ।

नगर सम्मेलन आयोजक कमिटी संयोजक सत्रित साहको सभापतित्वमा सम्पन्न सम्मेलनमा प्रमुख अतिथि वाईसिएलका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज अर्जुन साउद, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं सांसद देवीलाल चौधरी विशिष्ट अथिति थिए ।

त्यसैगरी माओवादी केन्द्रका केन्द्रीय सदस्य, अमिन दहित, पार्टीका तर्फबाट कृष्णपुर नगरका मेयर उम्मेदवार जोगराज चौधरी, उपमेयरका उम्मेदवार शर्मिला थापा अथितिका रुपमा सम्मेलनमा उपस्थित थिए ।

यसैबीच वाईसीएल कृष्णपुर नगर कमिटीले बुधबारै मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गरेको छ । नगर कमिटी बनेलगत्तै युवाहरु पार्टीको झण्डा र चुनाव चिन्ह बोकेर सकडमा उत्रिएका थिए ।

वाईसीएलका जिल्ला इन्चार्ज अर्जुन साउदले स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन र अनियमित भ्रष्टाचार, कालोबजारी, घुसखोरी, गुण्डागर्दी अन्त्य गर्न कृष्णपुरमा वाईसीएल आएको प्रतिक्रिया दिए ।