काठमाडौं, २७ वैशाख । विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीले आफ्नो चुनावी प्रचार–प्रसारलाई तीब्रता दिएको छ ।
सो पार्टीले काठमाडौं महानगरपालिका वडा नम्बर २२ बाट महिला सदस्य पदमा नलिनीदेवी सिंहलाई उम्मेदवार बनाएको छ । महिला सदस्य उम्मेदवार सिंहले २२ नम्वर वडामा घरदैलो कार्यक्रम गरेर आफ्नो पक्षमा मतदान गर्न अपील गरेकी छन् ।
त्यसैगरी, समाजवादी जनता पार्टीका तर्फबाट कीर्तिपुर नगरपालिकाको वडा नम्बर ८ मा महेश्वर महर्जन वडा अध्यक्षको उम्मेदवार बनेका छन् । सोही वडामा रामचन्द्र महर्जन र दीकेश महर्जनले पनि सदस्यमा उम्मेवदारी दिएका छन् ।
सो पार्टीका अध्यक्ष समेत रहेका विज्ञानमन्त्री सिंहले आफ्नो दलका तर्फबाट उम्मेदवार बनेकाहरूले जित हासिल गर्नेमा विश्वास लिएको बताएका छन् । ‘थोरै ठाउँमा उम्मेदवार बनाएका छौँ’, उनले भने, ‘जहाँजहाँ उम्मेदवार बनाएका छौँ त्यहाँ हाम्रा उम्मेदवारहरूको अवस्था राम्रो छ ।’
संसदमा एक सिट रहेको समाजवादी जनता पार्टीको चुनाव चिन्ह अर्धाकार चन्द्रमा हो ।












प्रतिक्रिया