२० कार्तिक २०८३, शुक्रबार

एमाले संविधान संशोधनको विरोधी होइनः गौतम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो पार्टी संविधान संशोधन विरोधी नभएको स्पष्ट पारेका छन् ।

सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल एवम् राजपाका बीच आज भएको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संविधान संशोधनका विषयमा सौहार्दपूर्ण वातावरणमा विचार आदानप्रदान भएको जानकारी दिए ।
उनले भने– ‘हाम्रो पार्टी संविधान संशोधनको विरोधी होइन, सबैलाई सर्वस्वीकार्य हुने गरी संशोधन आउनुपर्छ । यसमा पार्टीले सहयोग गर्छ ।’

सरकारले ल्याएको संशोधन प्रस्तावमा रहेका केही बुँदामा आफ्नो पार्टीको असहमतिसमेत रहेको उपाध्यक्ष गौतमले बताए ।

नेता गौतमका साथमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको पनि सहभागिता थियो ।