२० कार्तिक २०८३, शुक्रबार

अर्काकी छोरी बलात्कार गरेर फरार अभियुक्त ६ वर्षपछि ससुरालीमा भेटिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २६ बैशाख । अर्काकी छोरी बलात्कार गरेर फरार रहेका एक पुरुषलाई प्रहरीले ६ वर्षपछि ससुरालीबाट पक्राउ गरेको छ ।

जबरजस्ती करणी उद्योग मुद्धाका फरार प्रतिवादी दाङ तुल्सीपुर उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय रेशम रानालाई सोही ठाउँस्थित उनको ससुराली घरबाट सोमबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

रानालाई जिल्ला अदालत दाङको २०६७ साल असोज १८ गतेको फैसलाले ४ बर्ष ११ महिना १ दिन कैद सजाय तोकिएको थियो ।