२० कार्तिक २०८३, शुक्रबार

एमालेले बागलुङमा यसरी गर्दैछ चुनावको ‘आक्रामक’ तयारी (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २४ बैशाख । बाम तथा राप्रपा चुनावी अभियान अन्तरगत काँठेखोला वडा नम्बर ५ विहुँमा संयुक्त चुनावी सभा सोमबार सम्पन्न भएको छ ।

चुनावी सभामा बोल्दै नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले स्थानीय स्रोत र साधनको उचित प्रयोग गर्दै समृद्ध स्थानीय तह निर्माण र सामाजिक न्याय, सुरक्षा र समतामुलक समाज निर्माणका लागि बाम राप्रपा प्यानललाई विजयी गराउनुपर्ने बताउनुभयो ।

सापकोटाले नेपाली काँग्रेसले लामो समयदेखि सत्ताको बागडोर समालेपनि राष्ट्रियता र विकास निर्माणका कुनै पनि काम गर्न नसकेको आरोप लगाउदै स्थानीय तहलाई समृद्ध र सवल बनाउँदै राष्ट्र र राष्ट्रियता पक्षमा निरन्तर लडिरहने नेकपा एमालेलाई भोट दिई जिताउनुपर्ने बताउनुभयो ।

सभामा नेकपा एमालेका उर्जा तथा जलस्रोत विभागका सदस्य हिरा बहादुर केसी, नेकपा एमाले काँठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतम, काँठेखोला गाउँपालिकाका अध्यक्षका उम्मेदवार अमर बहादुर थापा, उपाध्यक्षका उम्मेदवार अर्जुन केसी, राष्ट्रिय जनमोर्चा काँठेखोला गाउँपालिकाका सहसंयोजक लक्ष्मण पुन, काँठेखोला गाउँपालिका वडा नम्बर ५ का अध्यक्षका उम्मेदवार प्रमानन्द कंडेल, नेकपा माओवादीका लिलाधर कंडेल लगायतले काँठेखोला गाउँपालिकाको विकासको लागि बाम राप्रपाको संयुक्त प्यानललाई मतदान गरी बिजयी गराउनुपर्ने बताएका थिए ।

नेकपा एमाले काँठेखोला गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष डिल्ली प्रसाद कंडेलको अध्यक्षतामा सम्पन्न भएको चुनावी सभाको स्वागत मन्तव्य प्रेम पुन र संचालन सुरेश विकले गर्नुभएको थियो ।