सल्यान, २५ वैशाख । स्थानीय तहको निर्वाचनमा बागचौर नगरपालिकामा नेकपा एमालेको तर्फ बाट मेयरको उम्मेदवारी दिनु भएका लोक बहादुर डांगीले सुन्दर समृद्ध बागचौर नगर निर्माणको सपना एमालेले मात्र पुरा गर्ने दावी गर्नु भएको छ । बागचौर नगर पालिकामा एमालेले थालेको घरदैलो कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
स्थानीय तहको निर्वाचनमा नेकपा एमाले सल्यानमा मात्र नभई देशमै पहिलो पार्टी हुने समेत उहाले दावी गर्दै आउनु भएको छ । नगरपालिका भित्र सार्वजनिक जग्गा पहिचान गरि ५ हजार विपन्न, गरिब, दलित र असहायका लागी जनता आवास कार्यक्रम अन्तरगत वस्ती विकास गरिने उहाले दावी गर्नु भएको छ ।
यस्तै नगरपालिका भित्रका सबैवडा हरुमा वर्षभरि सवारी का साधन चल्ने सडक निर्माण गरि क्रमा गत विकासका लागी पहल गरिने समेत उहाले जानकारी दिनु भयो । नगरपालिकामा खानेपानीको समस्या समाधान गर्नका लागी पानीको मुहानको स्रोत पहिचान गरि एक घर एक धारा निर्माण गर्ने प्रबिद्दता व्यक्त गर्नु भएको छ ।
यस्तै थारमारेमा रहेको जनकल्याण क्याम्पसमा स्नाकोत्तर तहको कक्षा संचालन गर्न विषेश पहल गर्ने, राम्रो र हाम्रो नगरपालिका बनाउन नगरपालिका भित्रका १२ वटै स्थानमा भुमिको पहिचान गरि सम्भावना देखिएका जमिनमा सिंचाई, नहर तथा कुलो मार्फत खेती योग्य भुमिमा सिंचाई गरी नमुना कृषि उत्पादन क्षेत्र बनाउने जस्ता कार्यहरु एमालेले आप्mनो मुख्य एजेन्डा बनाएको बताउनु भएको छ ।
बागचौर नगर पालिकामा यति बेला एमालेको लहर एकदमै छाएको निर्वाचन समिति संयोजक दिपेन्द्र प्रकाश डिसीले जानकारी दिनु भएको छ । नेकपा एमालेको जनलहर देखेर बागचौर नगरवासी एकदमै उत्साहित भएको समेत उहाले बताउनु भयो । जनताले चाहे जस्तो उम्मेदवार एमाले बाहेक अरु कसैको नभएकोभन्दै उहाले डांगीलाई नगरवासीले निक्कै रुचाएकोले जीत सुनिश्चित रहेको निर्वाचन समिति संयोजक दिपेन्द्र प्रकाश डिसीले जानकारी दिनु भयो ।
यसैबिच नेकपा एमाले बागचौरले आज सोमवार नगर परिक्रमा गरेको छ । बिहान भएको नगर परिक्रमामा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद प्रकाश ज्वाला, नेकपा एमालेका केन्द्रीय सदस्य गुलाब जंग शाह, एमाले जिल्ला कमिटी सचिब रमेश गौतम लगायतका नेताहरुको सहभागिता रहेको थियो ।













प्रतिक्रिया