२० कार्तिक २०८३, शुक्रबार

उच्च मनोबलका साथ प्रचारमा उत्रन युवाहरुलाई एमाले चितवनको निर्देशन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २५ वैशाख । नेकपा एमाले चितवनले भरतपुर महानगरमा उच्च मनोवल लिएर चुनावी प्रचारमा उत्रन पार्टीका युवा तथा बिद्यार्थीलाई निर्देशन दिएको छ ।

आईतवार जिल्ला पार्टी कार्यालय भरतपुरमा आयोजित अगुवा युवा तथा बिद्यार्थी भेलालाई संवोधन गर्दै एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले चुनाव जित्ने सुनिश्चित रहेको दावी गर्दै उत्साहपूर्ण ढंगले परिचालित हुन निर्देशन दिनुभयो ।

“तपाई युवा साथीहरु पार्टीको मुटु हो, र क्तसञ्चार मुटुवाटै हुन्छ । जित निश्चित भैसक्यो । मनोवल उच्च बनाएर शान्तिपूर्ण ढंगले मैदानमा उत्रनुस्” – पोख्रेलले निर्देशन दिनुभयो ।

बिगतको स्थानिय निर्वाचन, पछिल्लो आम निर्वाचनको मतसंख्याको आधार र उम्मेदवारप्रतिको जनआकर्षणले विजय सुनिश्चित गरेको पोख्रेलले बताउनुभयो ।

साविकको कविलासमा ४७ वटै सिट , पश्चिम चितवनका अधिकाँश साविक गाविस र आम चुनावमा पनि बढी मत नै पाएका हौं, यसपटक आकर्षण झन बढेको छ – पोख्रेलले भन्नुभयो ।

युवा शक्ति राष्ट्रिय स्वभाविमानको रक्षाको कवज भएको उल्लेख गर्दै उहाँले यसैलाई ऐजेण्डा बनाएका कारण हज्जारौ युवाहरुको पार्टीमा आकर्षण बढेको जिकीर गर्नुभयो ।

निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र निश्पक्ष तुल्याउन युवाहरुको खवरदारीको जरुरी पर्छ– पोख्रेलले युवाहरुलाई निर्देशन दिदैं भन्नुभयो, सभ्य र मर्यादित भएर प्रचार मैदानमा लाग्नुहोस् ।

कार्यक्रममा एमाले चितवनका युवा फाँट ईन्चार्ज प्रकाश ढुंगानाले अव जुनसुकै आधिवेहरीले पनि महानगरमा देवी ज्ञवालीको नेतृत्वलाई परास्त गर्न नसक्ने जिकीर गर्दै युवाहरुको भावना वुझ्न सक्ने पार्टी एमाले मात्रै रहेको बताउनुभयो । भरतपुर महानगरका २९ वटै वडामा पार्टीका युवाहरुलाई संगठित रुपमा परिचालित गरिएको उँहाले जानकारी दिनुभयो ।

युवा संघ चितवनका संयोजक दिलीप न्यौपानेले पार्टीले बनाएको योजना अनुसार हजारौ युवाहरुलाई चुनावी प्रचारमा लगाइएको बताउनुभयो । पार्टीले अघि सारेका उम्मेदवारहरुलाई सर्वसाधरण मतदाताले बढि रुचाएका कारण पनि एमालेका युवाहरु थप उर्जाशिल बनेको स्पष्ट पार्नुभयो ।
भेलामा महानगर क्षेत्रका झण्डै एकहजार अगुवा युवा कार्यकर्ता सहभागी थिए ।